आज ‘ईद उल फित्र', सार्वजनिक बिदा

काठमाडौँ- आज सार्वजनिक बिदा दिइएको छ ।
इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘ईद उल फित्र’ बिहीबार मनाउने भएपछि आज सार्वजनिक बिदा दिइएको हो ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।
ईदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘ईद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया