अमेरिकी सरकारी परामर्श फर्मबाट ३ लाख ४० हजार सामाजिक सुरक्षा नम्बरहरू चोरी
काठमाडौँ- अमेरिकाको सरकारी परामर्श फर्मबाट ह्याकरहरूले ३ लाख ४१ हजारभन्दा बढी सामाजिक सुरक्षा नम्बरहरू चोरी गरेका छन् ।
टेकक्रन्चले जनाएअनुसार परामर्श फर्म ग्रेलक म्याककिनन एसोसिएट्स (जीएमए)बाट ह्याकरहरूले ३ लाख ४१ हजार ६ सय ५० सामाजिक सुरक्षा नम्बरहरू चोरी गरेका हुन् ।
जीएमएले ह्याकरहरूले उक्त तथ्यांक चोरी गरेको खुलासा गरेको टेकक्रन्चले जनाएको छ ।
जीएमएले सन् २०२३ को मे महिनामा आफ्नो वेबसाइटमा साइबर आक्रमण भएको भन्दै सेवाग्राहीलाई इमेल पठाएको थियो ।
जीएमएले नागरिकका मुद्दा ल्याउने अमेरिकी न्याय विभागसहितका कम्पनीहरू र अमेरिकी सरकारी एजेन्सीहरूलाई आर्थिक र कानूनी सहायता प्रदान गर्दै आएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया