देशभर नेपाल टेलिकमको ई–सिम अभाव

काठमाडौँ - नेपाल टेलिकमको काउण्टरमा ई–सिमको अभाव भएको छ । काठमाडौँ उपत्यका लगायत देशभरका टेलिकमका काउण्टरमा ई–सिम पाउन छोडिएको हो । ई-सिम पाउन छाडेपछि नयाँ फोन लिएका सेवाग्राही मर्कामा परेका छन् ।
ई-सिमका लागि काठमाडाैँ उपत्यकाका अधिकांश टेलिकम कार्यालय पुगेकी पुनम बस्नेतले ई-सिम पाउन नसकेको गुनासाे गरिन्। 'नयाँ फोन लिएपछि म काठमाडाैँका धेरै टेलिकम कार्यालय पुगेँ', उनले भनिन्, 'कहीँ ई- सिम छ भन्नुभएन, अहिले दुई वटा फोन बाेकेर हिडिँरहेकाे छु ।'
नेपाल टेलिकमको नक्साल, बबरमहल, सुनधारा लगायतका कार्यालयमा ई-सिम छैन । नेपाल टेलिकम नक्सालका सूचना अधिकारी इन्द्रचन्द्र न्यौपानेले ई–सिम अभाव भएको बताए । 'एक हप्तादेखि ई–सिमको अभाव देखिएको छ' , उनले भने, 'हाम्रो कार्यालयमा मात्रै होइन देशभरका काउण्टरमा ई–सिम अभाव छ ।'
नेपाल टेलिकम भरतपुरका सूचना अधिकारी चन्दन कुमार झाले पनि ई–सिमको अभाव रहेको जानकारी दिए । '१ /२ वटा सिम होला तर धेरै सेवाग्राही आए भने ई–सिम दिन सकिन्न', उनले भने, 'कहिले आउँछ भन्ने कुनै ठेगान छैन ।'
यस्तै नेपाल टेलिकम भक्तपुर, गठ्ठाघर शाखाका सूचना अधिकारी जगन्नाथ घिमिरेले पनि ई–सिम नभएको जानकारी दिए । उनले ई–सिम एक हप्तादेखि अभाव रहेको बताए ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयकी प्रशासकीय अधिकृत शारदा कुमारी अधिकारीले ई–सिमको अभाव रहेको स्विकारिन् । 'केही दिनदेखि देशभर अभाव देखिएको छ' उनले भनिन्, 'ई–सिम ल्याउने प्रक्रिया चलिरहेको छ केही दिनमै सहज हुन्छ ।'
कस्तो हो ई–सिम
ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोगसँगै नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया