मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य १३ सयले घट्यो

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको छ ।

बुधबार छापावाल सुन एक लाख ३४ हजार र तेजावी सुन तोलाको एक लाख ३३ हजार ३५० मा कारोबार भएको थियो ।

चाँदीकाे मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज तोलाको एक हजार ६१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ६५० मा कारोबार भइरहेको थियो ।