संसदमा गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्यो- डा. स्वर्णिम वाग्ले

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्लेले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् । संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न उठाएको समेत उनले बताए ।
उनले आरोप लाग्ने बित्तिकै राजीनामा गर्ने हो भने त्यो सहमति गर्न चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको प्रति असन्तुष्टि व्यक्त गरे ।
सांसद वाग्लेले प्रतिपक्षले सहकारीको महाकाव्य नै लेख्न खोजेको भएपनि समाधान दिन नसकेको आरोप लगाए । उनले सहकारी र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया