गीतकार खतिवडाको हिन्दी गीतको किताब 'कैसा मन मस्ताना प्यारे' बजारमा

काठमाडाैँ - गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब 'कैसा मन मस्ताना प्यारे' प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् ।
यस कृतिमा दुई सय वटा हिन्दी गीतहरू रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु.२०० रहेको छ । गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । गीतकार खतिवडा भन्छन् - प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।
ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरू बीच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् ।
उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरूमा प्रेमका विविध स्वरुपहरूलाई विभिन्न आयामहरूबाट व्याख्या गरिएको छ ।
यो गीत संग्रह रोमान्टिक गीतहरूको दस्तावेज नै बन्न पुगेको छ । गयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ । खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृतिलाई निकै महत्वका साथ हेरिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया