मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य घट्यो

फाइल तस्बिर

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन एक लाख ३० हजार ५५० रहेको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।