फ्रेन्डसिप कपमा आज नेपालले बरोडासँग खेल्दै

काठमाडौँ- नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुँदैछ ।
नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।
त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।
नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया