कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीहरूलाई वित्तीय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक-२४ सम्पन्न

काठमाडौँ- 'प्राेटेक्ट याेर मनी, सेक्यूर याेर फ्यूचर' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंक लिमिटेड(KBL) ले अत्यन्तै प्रभावकारी तरिकाले सहभागिता जनाएको छ ।
वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका सिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवर्द्धन मार्फत कुसल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यका रूपमा लिँदै निम्न लिखित क्रियाकलापहरू सञ्चालनमा ल्याइएको थियो ।
वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन (https://www.kumaribank.com/goal-calculator)
वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीहरूको प्रतिवद्धता कार्यक्रम सञ्चालन
देशै भरि वित्तीय साक्षरताका आधार स्तम्भहरूको प्रशिक्षण सञ्चालन ।
वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागीहरूलाई सपथ कार्यक्रम सञ्चालन ।
बैंकको सामाजिक संजाल मार्फत वित्तीय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण ।
देशैभरि वर्षै भरी वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरूको अभिनयसहितको भिडियो श्रृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक ।
सबैका लागि सधैंका लागि आधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपङ्क्तिमा उभ्याउन सफल कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यालयहरूबाट १२३ ओटा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमहरू आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरूले सहभागिता जनाएका थिए । कुमारी बैंकद्वारा अभियान अवधि भरमा कार्यान्वयनमा ल्याइएका सामग्रीहरू तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरूले ग्लोबल मनी विकको १२ औं संस्करणलाई जीवन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

प्रतिक्रिया