मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनचाँदीको मूल्य स्थिर

फाइल तस्बिर

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र  तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल रतेजावी सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।