आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एसक्युसी

एसक्युसी जब हुन्छ घर घरमा, देशै समाजै भरी
स्कुलमा हुनेछ गुणीय शिक्षा सोचेभन्दा बेस्सरी ।

विद्यार्थी गुणी हुन्छ यहाँ यसरी, देशै सिँगार्ने गरी
शिक्षामा तब खुल्छ भाव सबमा चम्किन्छ तारा बनी ।।

चिन्छन् आफ्ना सबै विभिन्न दुखेसा, केलाउँछन् हेर्दछन्
पुग्छन् यसको सबै तहतह भरी, विज्ञानलाई खोज्दछन् ।

लिइ साथ सबै उपचार गर्छन्, समस्या छन् जे जति
फेरि खोज्दछन् क्यै समाधान तिनले, नभेटे कयौँ नै रति ।।

मैले सुम्पिएँ एसक्युसी अब यहाँ, उर्वर बनाउ अब
गर केही गई घर-घर तिमी, जाग जगाउ सब ।

पैला आफू र गराउ अरुमा, शत् सोच सबमा भर ।
आफू गुणी भई सबै जगतमा, बीउ तिमीले छर ।।