सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । 

अर्यालले बिहिबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहे पनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।