निषेधाज्ञाकै समयमा काठमाडौँमा रोपाइँ

काठमाडौँ : मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो ।
बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर, उपत्यकाको काँठ क्षेत्रमा अझै खेतियोग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ ।
काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । काठमाडौँका धानफाल्ने फाँट खुम्चिदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा वर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर वर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारीले बताए ।
स्थानीय जातको धान हराउदा धान चामलसँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीले बताए । यसको अर्को अशर स्थानीयबासीको पोषण चक्रसमेत भत्किएको छ । यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ । ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामांगले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताए । काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ। निषेधाज्ञाले घरबाट खेतसम्म आउनजान मल विषधि किन्न समस्या परेको किसानले बताएका छन् ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया