बलिउड चलचित्र 'रामायण' मा दशरथको भूमिकामा अमिताभ बच्चन

मुम्बई- नितेश तिवारीको फिल्म ‘रामायण’ मा दशरथको भूमिकामा अमिताभ बच्चन देखिने संकेत देखिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार बिग बिलाई दशरथको भूमिका निभाउनका लागि अफर गरिएको छ तर अमिताभले अहिले नै टुंगो भने दिइसकेका छैनन् । उनी यसका बारेमा इच्छुक भए पनि निर्णय भने लिई सकेका छैनन्, यद्यपि कुराकानी चलिरहेको छ ।
सो फिल्ममा रामको भूमिकामा रणवीर कपुर तथा सीताको भूमिकाका लागि साई पल्लवीलाई यसअघि नै छनोट गरी सकिएको छ । फिल्ममा केजीएफ स्टार यशले रावणको भूमिका निभाउने सम्भावना छ भने सनी देओललाई हनुमानको भूमिकामा राखिएको बताइएको छ । भाइ कुम्भकर्ण र विभिषणको भूमिकाका लागि बबी देओल र विजय सेतुपतिसँग कुराकानी भइरहेको भारतीय मिडियाले लेखेका छन् ।
तर, यसै वर्षको सुरुमा सुटिङ गर्ने भने पनि सुटिङ समय अन्योल भइरहेको छ । कलाकारहरू चयन भइनसकेकाले सुटिङमा रामायण जानका लागि अझै समय लाग्ने जनाइएको छ । ‘धेरै आन्तरिक समस्या’ पहिले समाधानपछि बल्ल सुटिङमा जाने नितेश तिवारीले जनाएका छन् ।
‘प्रोजेक्ट चलिरहेको छ तर यो वर्षमा गर्ने प्रयास हो तर अझै यहाँ धेरै आन्तरिक कामहरू मिलाउन बाँकी रहेका छन,’ बलिउड हंगामाले उल्लेख गरेको छ । समाचारमा यो पनि भनिएको छ कि कलाकारहरूको पोशाक डिजाइन बनाउन ढिलाइ भएको छ किनभने पोशाकहरूले पौराणिक कालीन झल्को दिनु पर्ने हुन्छ ।’

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया