चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

चितवन- जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो । उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलव ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन् । गत फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो ।
उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरूलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वयंसेवक परिचालन गरिएको थियो । अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ देखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा-रुबेला रोगको सङ्क्रमण देखिएको थियो ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया