आयरल्यान्ड उल्भ्समाथि नेपालको शानदार जित

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सन्दीप जोराले ३६ रन तथा कुशल भुर्तेलले रनको योगदान गरे । दिपेन्द्र सिंह ऐरीले २० रन जोडे ।
आयरल्यान्ड उल्भ्सका लागि गारेथ डेलानीले २ तथा बेन ह्वाइट र थोमस मायसले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।
आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहनीले ४६ रन बनाए ।
नेपालका लागि ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ तथा कुशल मल्ल र करण केसीले १-१ विकेट हात पारे ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया