लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ - लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।
शिक्षणलाई मुल पेशा बनाएकी दाहालको ‘डोहोडोहो डोल्पो’ दोस्रो कृति हो । यसअघि उनको यात्रा निबन्ध ‘प्रियसँगको यात्रा’ २०७५ मा प्रकाशित भएको थियो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो, ‘डोहोडोहो डोल्पो’ । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाइ र जटिलता जस्ता विविध पक्षहरू पढ्न सकिन्छ ।
चर्चित गजलकार बाबु त्रिपाठीले सहजीकरण गरेको ‘डोहोडोहो डोल्पो’ सार्वजनिकीकरण समारोह अन्य कार्यक्रम भन्दा भिन्न रह्यो । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथि कोही निम्त्याइएका थिएनन् । बरु समालोचक तथा साहित्यका खरो टिप्पणीकारण राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देललाई सञ्चालक त्रिपाठीले लेखन, यात्रा र साहित्यबारे केही प्रश्न र जिज्ञासा राखे ।
‘होडोहो डोल्पो’ कि लेखक दाहालले अन्तिममा बोल्ने मौका पाइन् । उनले गुरु निर्मोही ब्यास र भूमिका लेखिदिने साहित्यकार युवराज नयाँघरे, इल्या भट्टराईलाई विशेष धन्यवाद दिइन् । कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरुलाई उनले अतिथि र प्रमुख अतिथिको संज्ञा दिइन् । पुस्तक विमोचनकै क्रममा कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए ।
‘डोहोडोहो डोल्पो’ लाई समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठी, साहित्यकार भुवनहरि सिग्देल, भुँडीपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।
भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैयाँ राखिएको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_T3bPPsYUA1_q3st33iukksmazhz5yotsrjxsbowgy9i5okalouvykumbiax1npqe0ryvwsv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया