सनराइजर्समाथि कोलकाताको रोमाञ्चक जित

काठमाडौँ - रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।
कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएकाे सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकाताले ४ रनले जितेको थियो ।
सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्वाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।
त्यसैगरी कोलकाताका बलर हर्षित रानाले सर्वाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
कोलकाताले खराब सुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिङको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।
त्यसैगरी कोलकाताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।
त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्वाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।
यो जितसंगै कोलकाताले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको सुरुवात गरेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया