मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य तोलामा २६०० ले बढ्यो

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ दुई हजार ६०० ले बढेको हो । 

छापावाल सुनको मूल्य एक लाख २७ हजार ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन एक लाख २७ हजार २०० मा कारोबार भएको छ ।

बुधबार सोही सुन तोलाको एक लाख २५ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन एक लाख २४ हजार ६०० मा कारोबार भएको थियो । 

यता, चाँदीको भाउ पनि ३५ रूपैयाँले बढेको छ । आज चाँदी एक हजार ५५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक लाख ५२० मा कारोबार भएको थियो ।