सिनेमा संवादमा ओली भन्छन् : कला, संस्कृति र जीवनलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको छ सिनेमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कला, संस्कृति र साहित्यले मानव जीवनको अभिव्यक्तिको सुन्दर प्रस्तुतिको रूपमा रहेको बताएका छन् ।
शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा ओलीले समाजमा भएका विभिन्न कोणको सुन्दर प्रस्तुति नै कला, संस्कृत, सिनेमा भएको बताएका हुन् । कार्यक्रममा उनले सिनेमाले कला, संस्कृति र जीवनलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको दाबी गरे । उनले जीवनका उतारचढावलाई सही ढङ्गले प्रस्तुत गर्ने माध्यमको रूपमा कला रहेको दाबी गरे ।
संवाद कार्यक्रममा अभिनेता राजेश हमालले सिनेमा तथा कलामा राजनीतिक पक्षहरू समेटिनु आवश्यक रहेको भन्दै यस विधालाई अभिव्यक्तिको स्वतन्त्रताको राम्रो माध्यम बनेको बताए ।
उनले कला, सिनेमाले मानवीय स्वतन्त्रताको वकालत मात्र नगरी व्यक्तिको राजनीतिक पक्षको पनि उजागर गर्नमा भूमिका खेल्ने कुरामा जोड दिए । सिनेमाले राजनीतिक व्यक्तिका बारेमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विषय प्रस्तुत गर्ने गरेको उल्लेख गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया