करेन्ट लागेर सोलुखुम्बु र झापामा चार जनाको मृत्यु

विराटनगर : करेन्ट लागेर झापा र सोलुखुम्बुमा चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले विद्युतको तार छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत तार छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलुदुधकुन्ड नगरपालिका-८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइनको तार छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।
ग१ ज५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएकोमा उनीहरुको उपचार भइहरको जिल्ला प्रहरी कार्यालय सोलु प्रहरीले जनाएको छ । यसै गरी झापाको अर्जुनधारा नगरपालिका-३ बस्ने ८२ वर्षीया गलमाया खड्का बिहीबार साँझ आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै गरी कमल गाउँपालिका-७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया