शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

महिला-बालबालिका हिंसा : डेढ महिनामा ३७ घटना

काठमाडौँ : कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । बैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् । घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १÷१ वटा मुद्दा दर्ता भएका छन् ।

निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उहाँले जानकारी दिए । थापाले भने,'घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।'

 कोभिड १९ का कारण स्थानीय प्रशासनले बैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।