भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ : भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्रण गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार भारतीय सेनाले कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने भेन्टिलेटर, आइसियू बेड, पीपीई सेट, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरेको हो । सामाग्री ग्रहण गर्दै प्रधान सेनापति थापाले सहयोगका लागि भारतीय सेना र राजदूतलाई धन्यवाद ज्ञापन गरेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया