पर्यटनको विकासका लागि मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासका लागि मुलुकको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।
बुधबार ललितपुरको बालकुमारीमा रहेको पुनः निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटनको विकासका लागि मुलुकको कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
उनले कला संस्कृति जगेर्नामा देखिएको उत्साहलाई मुलुकलाई सुन्दर राष्ट्र बनाउनमा समेत उपयोग गर्नुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले उपत्यकाका महत्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनः निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । उपत्यकाको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिने उनले बताए ।
त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विनाशकारी भूकम्पले क्षति पुगेको मन्दिर निर्माणमा महानगरले आर्थिक सहयोग गरेको र यसलाई मौलिक तवरबाटै पुनः निर्मित गरिएको बताए ।
उनले ललितपुर महानगरभित्र आफ्नो कार्यकालमा ऐतिहासिक महत्वका एक सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको जानकारी दिए ।

लोक सेवा आयोगको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ

पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द-हड्…

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

प्रतिक्रिया