आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

विश्वप्रकाशलाई स्वर्णिमको जवाफ- हामीले सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्‍दै हिँड्ने कुरा भएन !

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको संसद्‌बाटै सार्वजनिक गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले संसद्‌बाटै सार्वजनिक गरेका हुन् ।

‘कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा भएन’ वाग्लेले भने । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केहि दिनअघि रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको भन्दै ट्‌वीट गरेका थिए ।

‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्‍या छ’ वाग्लेले भने ।

त्यस्तै वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको कामलाई इतिहासले सम्झिने बताएका छन् ।

'३ महिनाअघि प्रधानमन्त्री प्रचण्डसँग संवाद भयो । एउटा औषत नेताले त आफ्‍नो छविको बारेमा चिन्ता गर्छ भने प्रधानमन्त्री प्रचण्ड संघर्षपूर्ण राजनीतिबाट उदाएको आफ्‍नो जीवनको उतार्धमा एउटा वरिष्ठ नेताले आफ्‍नो लेगेसीको बारेमा खोजी गर्छ विचार पुर्‍याउँछ' वाग्लेले भने 'म केका लागि चिनिन चाहन्छु भन्ने कुरा राजनीतिमा सबै वरिष्ठ नेताहरूलाई भइदिने हो भने यो देश धेरै अगाडि बढिसकेको हुन्थ्यो ।'

'सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो छँदैछ । तर यस देशका सिमान्तकृत समुदायहरूको राजनीतिक जागरण सचेतना सशक्तिकरण समावेशी सशक्तिकरणरको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्री प्रचण्डलाई इतिहासले सम्झिनेछ' वाग्लेले भने 'तर थप के भन्ने कुरामा प्रचण्डसँग कुरा भएको सम्झिन्छु । सामाजिक प्रगतिबारेमा केहि गरियो आर्थिक उन्नतीको विषयमा पनि केहि गर्न सकिन्न ? भन्‍ने प्रधानमन्त्रीको चासो हामीलाई जायज लागेको थियो ।'

'३ महिनाअघि पनि, एक हप्ता दिनअघिसम्म प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन् । त्यसैले अस्थिरता र बेइमानीको जस्ता भाष्यभन्दा माथि उठेर उहाँको बेचौनीको जरैसम्म पुग्यौँ भने हामीले उहाँलाई न्याय गर्न सक्छौँ । व्याज खाएर कुर्सी ओगटेर होइन् कामै गरेर राष्ट्रहितका सवालमा उहाँको लेगेसी चाहनालाई जोखिम मोलेर साथ दिएका हौँ' उनले भने ।

यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री ओली

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

म मेयर होइन, विराटनगरको मात्रै चिन्ता लिने : प्रधानमन्त्री ओली

म मेयर होइन, विराटनगरको मात्रै चिन्ता लिने : प्रधानमन्त्री ओली

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने  ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अर…

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल