नारायण वाग्ले, खगेन्द्र संग्रौला, सरिता परियारसहितका नागरिक अगुवा पक्राउ
काठमाडौँ : चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका १७ जना नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा विरोधमा उत्रिएका नागरिक अगुवा नारायण वाग्ले, भास्कर गौतम, युग पाठक, खगेन्द्र संग्रौलालगायत १७ जना नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सुशिलसिंह राठौरले कोभिड महामारीका बेला निषेधाज्ञा उल्लंघन गरेर बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताए । उनकाअनुसार नियन्त्रणमा लिइएका नागरिक अगुवालाई
बृहत् नागरिक आन्दोलन समूहले विज्ञप्तिमार्फत प्रक्राउ गरिएका अभियन्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ । उनीहरूलाई त्तकाल रिहाइ नगरिए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया