शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

विश्वकप छनोटः नेपालले दुवै खेल बहराइनकै मैदानमा खेल्ने

काठमाडौँ- फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपाल र बहराइनबीचको दुवै खेल बहराइनमै हुने जानकारी गराएको हो ।

एन्फाले जनाएअनुसार नेपाल र बहराइनबीचको पहिलो लेग मार्च २१ तथा दोस्रो लेग मार्च २७ तारिखमा हुने तालिका रहेको छ । 

त्यसअघि नेपालले मलेसियाविरुद्ध मार्च १५ मा मैत्रीपूर्ण फुटबल खेल खेल्ने एन्फाले जनाएको छ ।