राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाल निर्वाचित

काठमाडौँ - राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका छन् ।
राष्ट्रिय सभा बैठकमा गोपी सार्की अछामीले दाहालको प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन थियाे ।

राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्य…

शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्गः सांसद थापा

अमरेश सिंहको ७२ जिल्ला विदेशीलाई लिजमा दिने अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

अमरेश सिंहले संसदमा भनेः ५ जिल्ला बाहेक अरु विदेशीलाई दिउ

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, कस्ता छन् कार्यसूची?

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

प्रतिक्रिया