उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ- विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटुवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै दोषाी ठहर गरेकाे छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटुवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियाेगमा २०७९ भदाैं १६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दालाई अन्तिम किनारा लगाउँदै विशेष अदालतले कटुवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रुपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ । विशेष अदालतले कटुवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ ।
रजिष्ट्रार कटुवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो ।
पदीय दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैँ स्वीकृत गरेको भेटिएको थियो ।
सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैँले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाबकिताब मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो ।

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ

पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द-हड्…

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

प्रतिक्रिया