नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौँ- नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीका रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे ।
सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए ।
मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ट पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरूको संलग्नताबाट कम्पनीका ग्राहक वर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रूपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरूको प्रवर्द्धन गरी सशक्त रूपमा जनतासमक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै ब्राण्ड प्रमोटर नियुक्त गरिसकेको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_WNdEHeaibd_xxlieg6u46iurbfqemlfdplacklwzvaxn065v58pa89x9edfy9oomuw1kfxo.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया