पथरी शनिश्चरेमा देखियो महामारी खोरेत रोग

मोरङ- मोरङको पथरी शनिश्चरे-८ मा गाई भैसीमा खोरेत रोगको सक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूमा यो महामारी खोरेत रोग देखा परेको हो ।
हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुबस्तुको खुर सुनिएर कुहिने, उच्च ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सूचना जारी गरेको छ ।
यो रोग देखा परेपछि वडा न ८ का वडाध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मूल नभएसम्म मंगलबारे वरपरका पशुहरूलाई बाहिर नलान सूचना जारी गरेका छन् ।
यो रोगविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिसकिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया