कांग्रेसले व्यक्तिगत रूपमा माया गर्यो तर देश निर्माणको काममा असहयोग : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन सत्ता साझेदारी दल नेपाली कांग्रेसले आफूलाई व्यक्तिको रूपमा मात्रै माया गरेको बताएका छन् । बिहीबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाड्नुको कारणहरू बताउँदा यस्तो बताएका हुन् ।
उनले आफूलाई कांग्रेसले व्यक्तिको रूपमा मात्रै माया गरेको र देश विकास गर्न खोज्दा असहयोग गरेको संकेतको रूपमा बताएका छन् । 'मलाई साथीहरूले व्यक्तिका रूपमा त माया गर्नु भयो तर परिवर्तन, सुशासन र सम्वृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा जति न्याय गर्नुपर्थ्यो गर्नु भएन' प्रधानमन्त्री प्रचण्डले भने ।
'म सरकारको गतिसँग पटक-पटक असन्तुष्ट भएको भनिरहेको थिएँ । मसँग दुई विकल्प थिए औसत-औसत, एभरेज । र तर्दथ सरकार चलाएर पद जोगाउने कि र पदको जोखिम उठाएरै भएपनि राजनीतिक प्रतिबद्धाअनुसार राष्ट्र निर्माणमा लाग्ने ? प्रधानमन्त्री प्रचण्डले भने 'कति जोखिम छ र थियो त्यो केहि दिनको घटनाक्रमले देखिरहेको छ । अब यो कति प्रमाणित हुन्छ विश्वासको मत लिएपछि थाहा हुन्छ ।'
उनले कांग्रेससँग केहि आशंका पैदा भएपछि साथ छाडेको बताएका छन् । 'मसँग २ वटा विकल्प थिए । पद ओगटेर बस्ने कि देश विकासमा लाग्ने' प्रधानमन्त्री प्रचण्डले भने 'म पद मात्रै ओगटेर बस्नु भन्दा पनि देश निर्माणतिर लागें ।'

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया