४५ मिलियन डलर लगानी गरेको मस्कमाथि ओपनआईलाई टेस्लासँग मर्ज गर्न खोजेको आरोप

काठमाडौँ- सर्वाधिक मूल्यवान एआई स्टार्टअप ओपनआईले आफूमाथि एलन मस्कले लगाएको सबै आरोप निराधार रहेको जनाएको छ ।
सन् २०१५ मा ओपनआईलाई स्थापना गर्ने क्रममा आफूले सहयोग गर्दा स्विकार गरिएका सिद्धान्तहरू उल्लङ्घन गरेको भन्दै मस्कले केही दिनअघि ओपनआईविरुद्ध मुद्दा दर्ता गराएका थिए ।
ओपनएआईका मालिक साम अल्टम्यानविरुद्ध पनि दायर गरिएको मुद्दामा ओपनआईले आफ्नो मूल गैर-नाफा, खुला स्रोत उदेश्यबाट बाहिरिएको दावी गरिएको थियो ।
कम्पनीले 'मानवतालाई फाइदा पुर्याउने' प्रयास गर्नुको सट्टा यसले प्रमुख लगानीकर्ता माइक्रोसफ्टको लागि 'अधिकतम नाफा' मा ध्यान केन्द्रित गरिरहेको मस्कको दावी छ ।
तर ओपनआईको सम्पूर्ण टिमले बुधबार मस्कको दावी निराधार रहेको दावी गरेको टेकक्रन्चले जनाएको छ ।
ओपनआईले जनाएअनुसार कम्पनीको विकास र सफलतामा मस्कको प्रभाव नरहेको तथा उनले कम्पनीमा १ बिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएपनि केवल ४५ मिलियन डलर लगानी गरेका थिए ।
च्याटजिपिटी निर्माता ओपनआईले दावी गरेअनुसार मस्कले ओपनआईलाई टेस्लासँग मर्ज गर्न अथवा आफ्ना आधिपत्य समेत जमाउनु खोजेका थिए ।

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया