मन्त्री किरातीले सरकारी निवास छोड्दै भने : पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किरातीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्बिर पोस्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।'
‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो,' उनले आफ्नी आमाको भनाइ उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले यो अवसर प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।
‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु,' आफू र आफ्नो टिमले सकेको कोसिस गरेको भन्दै उनले भनेका छन् । सत्य यो रहेछ कि भौतिक मृत्युमाथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।'

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया