कांग्रेससँग कसरी चिढियो माओवादी ? सत्ता गठबन्धन फुट्नुको ९ कारण

काठमाडौँ- सत्ता गठबन्धन फुटेको छ । नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रको गठबन्धन फुटेसँगै अब नेकपा एमाले-माओवादीको गठबन्धन बनेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपा सहभागी हुनेछन् । सरकार सहभागी हुन् अरू दलहरूसँग पनि छलफल जारी छ ।
कांग्रेससँग सत्ता साझेदार टुट्नुमा विविध कारणहरू रहेका छन् । माओवादीका सांसदसमेत रहेका प्रचण्ड निकट नेता माधव सापकोटा सुबोधका अनुसार राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा धोका दिएको माओवादीको बुझाई छ । कोशीको चुनावमा गठबन्धन भएको थियो । उक्त चुनावमा गठबन्धनका कांग्रेसका उम्मेदवार कृष्ण सिटौला विजय भए भने गठबन्धनकै माओवादी उम्मेदवार चम्पादेवी कार्कीले हारिन् । कार्कीसँग चुनाव लडेकी एमालेकी रूकमणी कोइरालाले जितेकी थिइन् ।
त्यसोत कोशी प्रदेशमा आफ्नो भागमा आएको मुख्यमन्त्री गुम्नुमा पनि कांग्रेसभित्र गुटको खेल भएको प्रचण्डको बुझाई छ । कोशीमा एकातिर सभामुख गुम्नु र अर्कोतिर कांग्रेसकै गुटको सिकारले मुख्यमन्त्री पनि गुम्नुले कांग्रेसप्रति अविश्वास बढाउनु अर्को कारण हो ।
त्यसोत प्रधानमन्त्री प्रचण्डले विवादित मन्त्री हटाउन केहि समयअघिदेखि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएका थिए । तर देउवाले मन्त्रिपरिषद् हेरफेरमा असहयोग गरेको प्रचण्डको बुझाई छ । बहालवाल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामकक्स प्रकरणमा मुछिएको र झण्डावाला गाडिमा अख्तियारमा बयान दिन गएपछि उनलाई फेर्न चाहन्थे प्रचण्ड । तर देउवाले सहयोग गरेनन् ।
त्यस्तै विवादित मन्त्रीहरू प्रकाशरण महत, प्रकाश ज्वाला र सुदन किरातीलगायतलाई फेर्न चाहन्थे । सडक र सदन विपक्षीहरूले विवादित मन्त्रीहरू हटाउनुपर्ने माग राख्दै चर्काउन थालेपछि प्रचण्ड थप दबाबमा थिए । त्यसबारे जवाफ दिन सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभा बैठकमा आउन निर्देशन दिएका थिए । तर सत्ता साझेदारी देउवाले सहयोग नगरेका कारण मन्त्रिपरिषद् फेर्न नसकेको प्रचण्डले आफू निकटकाहरूलाई बताउँदै आएका थिए ।
त्यसो त कांग्रेस सभापति देउवासँग मात्रै प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिएनन् । कांग्रेसकै अर्को गुट डा.शेखर कोइराला र गगन थापाहरूसँग पनि प्रचण्ड असन्तुष्ट थिए । उक्त समूहले कोशी प्रदेश सरकार गठनमा होस् या सदन/सडकमा पनि सरकारकै आलोचना गर्ने गरेको प्रचण्डको बुझाई थियो ।
त्यस्तै केहि महिनाअघिदेखि नै अर्थमन्त्री प्रकाशशरण महतलाई फेर्न चाहन्थे प्रचण्ड । बजेट र आर्थिक नीति बनाउँदा सल्लाह नगरी जथाभावी गर्ने गरेको प्रचण्डले देउवालाई गुनासो गर्ने गरेका थिए । तर अर्थमन्त्री महतलाई फेर्न चाहेनन् देउवाले । त्यसपछि झन् देउवा-प्रचण्डको सम्बन्धमा फाटो आउन थाल्यो ।
हालेसालैको कांग्रेस महासमिति बैठकमा बहालवाला मन्त्रीहरूकै प्रतिवेदनबाट प्रचण्ड चरम असन्तुष्ट बनेका थिए । आफ्नै नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्धलाई गलत व्याख्या गरेको प्रचण्डले आफू निकटकाहरूलाई भन्दै आएका थिए । बहालवाला मन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रतिवेदनमा माओवादीको जनयुद्धका कारण पनि अहिले आर्थिक संकट आउनु उल्लेख गरेका थिए । यस बिषयमा प्रचण्डले देउवा र खड्कालाई बालुवाटार बोलाएरै सोधेका थिए ।
त्यस्तै कांग्रेस महासमिति बैठकमा कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको विषय पनि उल्लेख थियो । यसमा पनि देउवाको हात हुन सक्ने प्रचण्डले बताउँदै आएका थिए । कर्मचारी सरूवा बढुवामा समेत हस्तक्षेप गर्ने गरेको प्रचण्डले यसअघि नै गुनासो गर्दै आएका थिए ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया