टी-२० सिरिज : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौँ- जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुँदैछ ।
जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यसअघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ ।
नेपालका लागि फाइनलमा पुग्न यो खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा हार ब्यहोरेमा नेपाल फाइनल अघि नै सिरिजबाट बाहिरिने छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।
खेल तालिका
- नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया