साङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८६ औँ जन्मजयन्ती

काठमाडौँ- नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते वरिष्ठ सङ्गीतज्ञ तथा प्रज्ञा-प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६ ओँ जन्मजयन्तीका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रम प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजना गरेको छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आथित्यतामा आयोजित कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पण सहित दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति निशा शर्माले अम्बर गुरुङको योगदानलाई भुल्न नहुने र उनले देखेको नेपाली अकेष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा प्रतिष्ठान प्रयासरत रहेको र सबैको सल्लाह अनुसार नै गतिविधिहरू अगाडि बढाउने बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले अम्बर गुरुङलाई राष्ट्रगानका सङ्गीतकार भनेर सम्बोधन गर्दा उनी साङ्गीतिक योगदान ओझेलमा पर्ने बताउँदै उनको बहुआयामिक व्यक्तित्वको चर्चा गरे । उनले सङ्गीतज्ञ अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनिका रूपमा चित्रण गरे ।
वरिष्ठ सङ्गीतकार दिपक जंगमले अम्बर गुरुङको नेपाली अकेष्ट्रा गर्ने सपनालाई सङ्गीतका विज्ञहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा आफ्नो बुबालाई सम्झने क्रममा छोरा किशोर गुरुङले बुबाले आफूलाई लेखेको पत्र वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा वरिष्ठ गायिका संगिता प्रधानले ‘कति सम्हालुँ चोटहरू...’; वरिष्ठ गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने...’; र विष्णु विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना...’बोलका गीतहरू गाएका थिए ।
उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएको कार्यक्रममा वरिष्ठ गीतकार श्याम प्रकाश तमोट, सङ्गीतकार अमूल कार्की ढली लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यहरू, सभा सदस्यहरू, वरिष्ठ सङ्गीत तथा नृत्य साधकहरू लगायत सङ्गीत नाट्य विधासँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया