आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।