एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

काठमाडौँ- एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।
जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आईसीसी टी-२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।
समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्नेछ ।
त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ ।
एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुनेछ ।
खेल तालिका:

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया