सबै मिलेर देशमा सुशासन कायम गर्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सबै मिलेर देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा डा पुरण राईका विभिन्न कृतिहरू लोकार्पण कार्यक्रममा मन्त्री किरातीले सबै दल र नेताहरू मिलेर नै देशबाट राजतन्त्र फालिएको भन्दै देशमा सुशासन कायमका साथै गरिवी अन्त्य गर्न पनि सबै मिल्नुपर्ने बताएका हुन् ।
मुलुकलाई अघि बढाउन पुराना नेताहरूलाई बोक्न अझै पनि तयार रहेको उनले बताए । उनले अब पनि मुलुकलाई अघि बढाउन ढिला गरे समयले नपर्खिने जिकिर गरे ।
मन्त्री किरातीले समाज रुपान्तरणका लागि लेखकहरूको भूमिका महत्वपूर्ण भएकाले शासनको नभई जनताका लेखक भएर लेख्न आग्रह गरे ।
जनता नै इतिहासको निर्माता भएकाले जनताको पक्षमा लेख्नुपर्ने उनको भनाइ छ ।

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रतिक्रिया