ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६५ पुगेको छ ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

कुमारी बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा १० प्रतिशत छुट

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारबारे सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटव…
एनआईसी बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया