छानबिन समितिको प्रतिवेदन आएपछि मात्र मन्त्री ज्वालाको विषयमा धारणा तय गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपनि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको बताए ।
प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिक रूपमा छलफल भए पनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।
बैठकमा समसामयिक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए ।
सचिवालय बैठक फागुन १४ गते पुन बस्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया