सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले (कामपा) सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ ।
कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरूले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गरी फोहोरको दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने छ ।
सोहीअनुरूप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहोर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेका छ । 'अस्पतालजन्य फोहोर अन्य फोहोरभन्दा बढी हानिकारक हुन्छ,' उनले भनिन्, 'यसको सही व्यवस्थापन गर्न आवश्यक छ ।' अस्पतालजन्य फोहोर उत्पादन हुने स्थान, उत्पादित फोहोर सङ्कलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापन संवेदनशील भएर गर्नुपर्छ भनिन् ।
विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्नका लागि सार्वजनिक सूचनामार्फत पनि अनुरोध गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ । साथै स्वास्थ्य संस्थाहरूले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरूलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिदिएको छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया