नेपाललाई पराजित गरेको नामिबियामाथि नेदरल्यान्ड्सको शानदार जित

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सले नामिबियामाथि शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन माइकल लेभिटले ५७ रन तथा म्याक्स ओ'दाउदले २८ रन बनाए । नामिबियाका जेरहार्ड इरासमसले तीनवटै विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो । नामिबियाका लागि जेजे स्मिथले २६ तथा रुवेन ट्रम्पलम्यानले २० रन बनाए ।
नेदरल्यान्ड्सका लागि आर्यन दत्तले सर्वाधिक ६ विकेट हात पार्दा कायल क्लेनले २ विकेट लिए ।
यसअघि नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया