रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : पुटिन

मस्को- युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्ध भूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन् ।
क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक-पटक प्रस्तुत गर्दै आएको छ ।
पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भने, 'मलाई लाग्छ अझै पनि हामी आफैँले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।'
'युक्रेनको मोर्चामा जे भइरहेको छ, उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,' उनले भने ।
पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गरेका थिए र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाएका थिए ।
'पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन,' कार्लसन अन्तर्वार्तामा पुटिनको लामो, ऐतिहासिक विचारबारे सोधिएको प्रश्नमा पुटिनले भने ।
उनले भने, 'संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३ सय वर्षको छ । र, मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।' एएफपी
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_CgH2Ya1cbq_mdwyhz74b0i2z5qyiv2a30rajafaablwotexei8xzzhr087o3ylqgarrva4g.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_0odmI8g5fz_avjo3njeuqkpfyc8zgrc4u7kudkvkdt315yjwhwoodg75zyspvmrz6lsp0uh.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया