पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलंका

कोलम्बो- पर्यटन गतिविधि बढाउन श्रीलंकाले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलंकाको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म ५० वटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चार माध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
श्रीलंका पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारीअनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।
सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १ हजार यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलंकाको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानी जहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको सङ्ख्या बढाउने उनको भनाइ छ ।
सार्वजनिक तथ्याङ्कअनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरेका थिए । उक्त सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ । सिन्ह्वा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_CgH2Ya1cbq_mdwyhz74b0i2z5qyiv2a30rajafaablwotexei8xzzhr087o3ylqgarrva4g.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_0odmI8g5fz_avjo3njeuqkpfyc8zgrc4u7kudkvkdt315yjwhwoodg75zyspvmrz6lsp0uh.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया