कांग्रेसका २२ नेताद्वारा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।
शनिबार काठमाडौँमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरूलाई स्थापित गर्दै नेपालीहरू अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दु राष्ट्र बन्ने बताए ।
देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अव नेतृत्वदायी भूमिका निर्वाह गर्न ढिलाई गर्न नहुने उनले बताए । उनले महासमिति बैठकबाट हिन्दु राष्ट्रको एजेण्डा उठाउने जिकिर गरे ।
हिन्दु राष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे ।
यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि सुरु हुने महासमितिको बैठकमा हिन्दु राष्ट्रको अजेन्डा समेट्न भन्दै पूरक प्रस्ताव पेस गरिएको थियो । जसमा २२ कांग्रेसी नेताहरूले हस्ताक्षर गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया