बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

काठमाडौँ- संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । 

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । 

बैठकले सहमति जुटाउन गठन गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो ।