दुर्गा प्रसाईंको शक्ति प्रदर्शनमा सात ठाउँबाट र्याली निकालिँदै, कुन र्यालीको नेतृत्व कसले गर्दैछन् ?

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुन लागेको हो ।
राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरेपनि उनी भने नआउने भएका छन् । एक साताका लागि चितवन गएका पूर्वराजा नभएपनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।
रुट नं.१ किर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेचि अञ्चल अध्यक्ष धुव्र शिवाकोटी सहसंयोजक रहनेछन् ।
रुट नं.२ ककनी, गंगबु, बालाजु नयाँबजार, रानीपोखरी हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने - नागरिक वचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रविन लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण वहादुर के.सी सगरमाथा अञ्चल अध्यक्ष सहसंयोजक रहने उल्लेख छ ।
रुट नं. ३ लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावालाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने निर्माण व्यवसायीको व्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।
रुट नं. ४ स्वयम्भु, तहचाल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने सचिवालय सदय एवं ऋणी एसोसिएसन व्यानरमा प्रमुख देवी संग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्विनी अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।
रुट नं.५ वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्ने अध्यक्ष मण्डल सदस्य एवं प्रशासन विभाग प्रमुख आनन्दप्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको व्यानरमा सानुपुर्वछानेको संयोजकत्वमा धौलागिरी र राप्ती अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।
रुट नं.६ चावहिल, गौशला, जोरपाटी, मैतिदेवी, नक्शाल हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने सांकृतिक विभागको व्यानरमा अध्यक्ष मण्डल सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डि. पी. बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाखिन र कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपु संघका अध्यक्ष नपसिंह कार्कीको सहसंयोजक रहनेछन् ।
रुट नं.७ भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया