मोरङ अटो वर्क्स-जेसीबीलाई २०२३ को उत्कृष्ट डिलर अवार्ड

काठमाडौँ- मोरङ अटो वर्क्स-जेसीबीले २०२३ को उत्कृष्ट दक्षिण एसिया क्षेत्रको डिलर अवार्ड जित्न सफल भएको छ ।
फेब्रुअरी ९ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ अटो वर्क्स-जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
मोरङ अटो वर्क्सले भनेको छ, ‘हामीले सन् २०२३ को लागि सर्वोत्कृष्ट दक्षिण एसिया क्षेत्र डिलरको अवार्ड जितेका छौं भन्ने घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं ।’
मोरङ अटो वर्क्स भारी उपकरणहरूका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो । ‘यो अटोमोबाइल वर्क्सपका रुपमा सन् १९६४ मा सुरु भएको हो,’ दक्षिण एसियाको उत्कृष्ट पुरस्कार प्राप्त गरेपछि मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशकले विष्णु अग्रवालले भने ।
उनले थपे, ‘म जेसीबी र मेरो टोली सबैलाई धन्यवाद दिन्छु। जुन-जुन सरोकारवालाहरूले हामीलाई यो उचाइमा पुग्न मद्दत गर्नुभयो उहाँहरू पनि धन्यवादका पात्र हुनुहुन्छ । हामीले भविष्यमा पनि यस्ता ठूला उपलब्धिहरूको अपेक्षा गरेका छौं ।’

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

प्रतिक्रिया